सन्तोष थापा स्मृति कप भलिबलमा बागलुङ च्याम्पियन

नवलपुर तेस्रो

पाेखरा | फागुन १३, २०८०

सन्तोष थापा स्मृति कप भलिबलमा बागलुङ च्याम्पियन

पोखरा:     स्याङ्जाको चापाकोटमा सम्पन्न भएको स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ च्याम्पियन भएको छ । 


बागलुङले स्याङ्जालाई फाइनल खेलमा ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । बागलुङले स्याङ्जालाई २५–२७, २५–२०, २५–२१ र २५–२१ ले पराजित गरेको हो । 


च्याम्पियन भएको बागलुङले विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै तेस्रो स्थान लागि भएको खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो । 


पर्वतले नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ ले पराजित ग¥यो । तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


यस्तै स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुने संयोजक राजन दर्लामीले जानकारी दिए । 


स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको थियो । 


चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । 


स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए । 


उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


 

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्